दफा ३२
कोषको लेखा तथा लेखा परीक्षण
(१) कोषको दैनिक आय व्ययको लेखा प्रचलित कानुनबमोजिम राखिनेछ र कोषको आन्तरिक लेखापरीक्षण समितिले तोके बमोजिम हुनेछ ।
(२) कोषको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुनेछ ।